२१ बैशाख २०८१, शुक्रबार

गरिबीले यौन पेसाकर्मी बढ्दै

सांकेतिक तस्विर

उनी अहिले बाइसतेइसकी जवान युवती हुन्। १७ वर्ष छँदादेखि गरिबीका कारण विवाह नगरेर यौन पेसामा लागेको उनी बताउँछिन्। घरको आर्थिक अवस्था न्यून भएपछि आफू यौन पेसामा लागेको खुलेरै उनी बताउँछिन्।

नाम नबताउने सर्तमा उनले भनिन्, ‘गरिबीकै कारण विवाह नगरेर सोनै उमेरमा आफ्नो इच्छा पूरा गर्न यो पेसा अँगालेकी हुँ।’ घरबाट उच्च शिक्षा हासिल गर्न सहर छिरेकी उनले अहिले यौनिक पेसा अँगालेकी छन्। उनले भनिन्, ‘मैले यो जवानी यसै पेसामा सुम्पेकी छु।’

दुई वर्षपहिले सुर्खेत झरेकी उनका केही दिन अन्योलमा बिते। केही दिनपछि आफ्नो साथीसँग होटलमा पुगिन्। ‘कोठा बुक गरेको रहेछ। अपरिचित केटा म बसेको कोठामा पस्यो। उसले कोठाबाट निस्कँदा दिएको एक हजार रूपैयाँको नोटले विस्तारै मेरो मन फराकिलो बनाउँदै लग्यो। यसैले हो कि पैसा कमाउँदै गएकी छु’, उनले भनिन्।

एक होटलमा बसेर राम्रै कमाइ गर्न सफल भएकी छु। घर पठाउने पनि गरेकी छु। गला, घाँटी र हातमा सुन छ। ऐसआरामका साथ बस्न पाएकी छु। मलाई यहाँसम्म ल्याएको गरिबी र अशिक्षाले नै हो।

कर्णालीमा यौन व्यवसाय बढ्दै गएको पाइएको छ। नेपाली तथा भारतीय नागरिक यौनजन्य क्रियाकलापका लागि सुर्खेत र दैलेखका स्टार होटेल, गल्लीनजिकका होटल र पर्यटकीय स्थानमा आउने गर्छन्।

सुर्खेत कर्णाली प्रदेशको केन्द्र हो, अध्ययन होस् या रोजगार, सुर्खेत कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाका व्यक्तिको पहिलो रोजाइमा पर्दै आएको छ। व्यापार–व्यवसाय तथा फेसन र आधुनिकताको दृष्टिले समेत केन्द्र रहँदा सुर्खेत अन्य जिल्लाभन्दा छिटै सबैको नजरमा पर्ने गर्छ। त्यसैले पनि युवायुवती जान–अन्जान वा लहलहैमा यौन व्यवसायमा छिरिरहेको जानकार बताउँछन्।

सुर्खेतमा यौन व्यवसाय फस्टाउनुको प्रमुख कारण आर्थिक अभाव, विलासी जीवनशैली, लागुऔषध र देखासिखी प्रमुख कारण हुन्। घर तथा कोठा भाडामा लिएर व्यावसायिक रूपमा अध्ययन तथा रोजगारमा लागेकाहरूसमेत गुणस्तरीय जीवन प्राप्तिको आशामा यस पेसामा लाग्ने गरेको रहस्य खुलेको छ।

केही वर्षअगाडि सुर्खेत वा अन्य सहरमा केही होटेल र रिसोर्टमा मात्र सीमित रहेको यौन व्यवसाय पछिल्लो समय ससाना होटेल तथा कोठामा समेत चल्न थालेको छ। प्रविधिमैत्री बनेको युवा पुस्ता प्रविधिमार्फत नै आफ्ना ग्राहक र यौनकर्मीको खोजी सहजै गर्छन्, जसले गर्दा प्रहरी वा प्रशासनको पहुँचभन्दा टाढा रहन सकिने उनीहरूको बुझाइ छ। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...