१३ बैशाख २०८१, बिहीबार

लियोनल मेस्सी पीएसजीबाट अमेरिकी क्लब इन्टर मियामी जाने पक्का

messi spotlight inter miami

स्टार फुटबलर लियोनल मेस्सी अन्ततः अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीमा जाने भएका छन् । पीएसजी छोडेपछि उनको नयाँ गन्तब्यबारे सर्वत्र चासो रहँदै गर्दा उनले अमेरिक क्लबसँग सम्झौता गर्ने खबर बीबीसीले लेखेको छ ।

मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालको महँगो प्रस्ताव त्याग्दै अमेरिकी क्लब छनोट गरेको अन्य केही विदेशी समाचार माद्यममा समेत उल्लेख छ । उनको अमेरिका स्थानान्तरणका पछि विभिन्न प्रायोजक कम्पनीहरुको हात रहेको बताइएको छ ।

विश्व फुटबलमा सबैभन्दा धेरै उपाधी जितेका मेस्सी पहिलो पटक युरोप बाहिरको क्लबमा आबद्ध भएका हुन् । पीएसजीसागको सम्झौता सकिएपछि उनी पुनः बार्सिलोना र्फकने हल्लासमेत थियो ।

यस्तै साउदी अरेबियाको लिगमा कि्रस्टियानो रोनाल्डो, करिम बेन्जिमा, एन्गोलो कान्टेसहितका खेलाडी आबद्ध भएपछि मेस्सीको समेत साउदी स्थानान्तरणको अनुमान थियो ।

अघिल्लो महिना मेस्सी अल हिलालसँग सम्झौता नजिक रहेको खबर बाहिरिएका थिए । मेस्सीले नयाँ गन्तव्य बनाएको अमेरिकी क्लब मियामीसँग कति रकममा सम्झौता गर्ने भन्ने बारे अझै प्रस्ट भएको छैन ।

    सम्बन्धित समाचार...