१३ बैशाख २०८१, बिहीबार

ओली भन्छन्, ‘हामी उही च्याक्ले गाई, किर्ने भैसी पालेर बस्ने ? मैले कुरा गरेको हो मुर्रा राँगा’

Capture 1

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राँगा ल्याउने बारेमा आफ्नो पालामा पहल भएको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नश्ल सुधारका लागि आफूहरुले भारत बाहेक अरु राष्ट्रहरुसँग पनि सहयोग गरोस् भन्ने चाहेको बताए ।

‘राँगा आयो । पहिले नै कुरा गरेको रहेछ । केपी ओलीको समयमा कुरा गरेको हो । नश्ल सुधारको कार्यक्रममा भारतले हामीलाई सहयोग गरोस् । गाई पालन, भैसी पालन, बाख्रा पालन अरु विभिन्न कुरामा सहयोग गरोस् । हामीले यस सम्बन्धमा अरुसँग पनि कुरा गरेका छौं । नश्ल सुधारका सम्बन्धमा । हामी उही च्याक्ले गाई, किर्ने भैसी भन्छन् नि त्यसैमा बसिरहने होइन । हामी नयाँ ढंगले अगाडि लान चाहन्छौं,’– ओलीले भने ।

    सम्बन्धित समाचार...