११ बैशाख २०८१, मंगलवार

गेरुवा वस्त्रबारे प्रधानमन्त्रीको स्पष्टीकरण : प्रोटोकलका कारण लगाएँ

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा इन्दोरस्थित महाकालेश्वर मन्दिरमा दर्शन गर्दा गेरुवा वस्त्र लगाएको विषयमा स्पष्टीकरण दिएका छन् ।

सोमबार प्रतिनिधिसभामा भारत भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रोटोकलका कारण गेरुवा वस्त्र लगाए स्पष्ट पारे ।

दाहालले भने, ‘महाकालेश्वर त्यहाँको ऐतिहासिक धार्मिकस्थल रहेछ । म त्यहाँ गएपछि महाकालेश्वर मन्दिर जाउँ जाउँ लाग्यो । त्यहाँ गएपछि गरेवा वस्त्र लगाउँदिन भन्ने कुराले खासै महत्त्व राख्ने रहेछन् । त्यहाँको प्रोट्रोकलको कुरा पनि हुने रहेछ । मलाई मेरो एडीसीले चाहिँ फर्मल लुगामै लैजान खोज्नु भएको थियो ।’

आफू धर्मनिरेपेक्षीवादी रहेको र सबै जनताको आस्थामा सम्मान रहेको दाहालले बताए । उनले यसअघि विभिन्न कार्यक्रममा आफू हिन्दू मन्दिरमात्र नभए र विभिन्न धर्मका धार्मिकस्थमा समेत गएको जानकारी दिए ।

    सम्बन्धित समाचार...