१३ बैशाख २०८१, बिहीबार

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट पनि गर्न सक्दैनः अध्यक्ष ओली

kp oli
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
आज काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले नेपालको समृद्धि, विकास र वैज्ञानिक खोज अनुसन्धानका लागि कुनै योगदान गर्न नसकेको बताएका हुन् ।

‘हामी सरकारबाट हटेपछि कुनै सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने आँट गर्दैन । समृद्ध नेपाल भन्ने जसको आँट छैन, भन्न सक्दैन,’– ओलीले भने ।

    सम्बन्धित समाचार...