२० बैशाख २०८१, बिहीबार

प्रचण्डको आलोचनामा उत्रिए बाबुराम, भने- ‘हामी कता जॉदैछौं, देश कता जॉदैछ ?’

baburam

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरेको पुजाअर्चना प्रति तिखो आलोचना गरेका छन् ।

चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पुजा अर्चना गरेको तस्विर समाजिक सञ्जालमा राख्दै हामी कता जॉदैछौं, देश कता जॉदैछरु भन्दै आलोचना गरेका हुन् ।

प्रचण्डले नेपालवाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दान गर्दै शुक्रबार विशेष पुजा गरेका थिए । उनले सो क्रममा मन्दिर भित्र पुजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दैै आरतीसमेत गरेका थिए ।

Capture

    सम्बन्धित समाचार...