२४ बैशाख २०८१, सोमबार

सबैतिर जितेको कांग्रेस अर्को चुनावमा हारिन्छ भनेर डराइरहेको छः गगन थापा

gagan 2
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी अर्को चुनावमा हारिन्छ भनेर डराइरहेको बताएका छन् ।

आज (शुक्रबार) नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले अर्को चुनावलाई लिएर कांग्रेस डराउनुको उत्तर खोज्ने बेला आएको बताए । ‘कांग्रेस सबैतिर चुनाव जितेको छ, अर्को चुनाव हारिन्छ भनेर अहिल्यै डराएको छ । यस्तो किन भएको छ ? यो प्रश्नको उत्तर खोज्ने बेला भएको छ,’– उनले भने ।

आगामी आम निर्वाचनलाई लिएर कांग्रेस डराउनुको कारण खोज्न बस्तीबस्तीमा जान आवश्यक रहेको उनको भनाई छ । कांग्रेसका कमजोरीहरु गाउँ–गाउँमा रहेको कांग्रेसका सुभेच्छुकहरुले बताउन सक्ने उनको दाबी छ ।

‘उत्तर खोज्न अब तल जानुपर्छ भन्ने मेरो अठोट हो । मैले बुझेको त्यो हो । तलका साथीहरुलाई थाहा छ, गाउँका साथीहरुलाई थाहा छु । भुईँका साथीहरुलाई थाहा छ । उनीहरुले हामीलाई राम्रोसँग बुझाउन सक्छन् । यस्तो किन भएको छ ? अस्ति चुनाव तपाईहरुले जिताएर पठाउनु भयो,’– उनले भने ।

    सम्बन्धित समाचार...