१५ चैत्र २०८०, बिहीबार

नेपालले बंगलादेश जाने बाटो पाए लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग साट्न सकिन्छ : प्रधानमन्त्री दाहाल

a 1

भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बंगलादेशसम्म जाने बाटो नेपालले पाएको अवस्थामा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग साट्न सकिने विकल्प सुझाएका छन् । कालापानीको समस्या समाधानका लागि अब नयाँ विकल्पबारे बहस सुरु भएको प्रधानमन्त्री दाहालले बताएका छन् ।

नेपालको संसदले संविधान संशोधन गरेर आफ्नो नक्शामा समेटिसकेको कालापानीको भूभागबारे प्रधानमन्त्री दाहालले शुक्रबार बिहान नयाा दिल्लीमा नेपाली पत्रकारहरुसँग कुरा गर्दै भने, ‘ हामीलाई बंगलादेशसम्म सिधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहिँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ ।’

प्रधानमन्त्री दाहालले थपे, ‘हाम्रा विज्ञहरूको सुझाव त्यो आउने गरेकै छ । नेपालमा विज्ञहरूले त्यतापट्टि पाउने हो भने ठिकै छ भन्ने खालको नि कुरा आएको छ, त्यो पनि हुन सक्छ । अथवा, अर्को केही पनि हुन सक्छ । विकल्पहरूबारे सोच्न सुरु भयो अब हिजोबाट ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरे । दिल्लीमा रहेका नेपाली पत्रकारसँग प्रधानमन्त्रीले गरेको कुराकानीको सम्पादित अंश प्रधानमन्त्री दाहालकै शब्दमा

सिमानामा ‘ब्रेक थ्रु’ भयो !

सिमानाको समस्या हाम्रा लागि चर्को थियो । मोदीजी र मेरो बीचमा छलफल भइसकेपछि उहाँले अब सधैंका लागि यो सीमानाको समस्या हल गर्नुपर्छ भन्नुभएको थियो मलाई । उहाँले प्रेसमा पनि सीमाको समस्या हल गरिन्छ भनेर बोल्नुभयो । मलाई चाहिँ कुरा गर्दाखेरि अब छलफल शुरु गर्ने भनेर विश्वासै दिलाउनुभएको थियो । मोदीजीले सीमाको समस्या हल गर्ने कुरा कहिल्यै पनि आफ्नो मुखबाट भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु नै मान्न सकिन्छ जस्तो लागेको छ मलाई ।

सीमा समस्याका बारेमा जसरी कुरा गरियो नि हामीले, यसलाई समाधान गर्नुपर्छ, यो समस्यालाई बााकी राखेर नेपाल भारत सम्बन्धमा ब्रेक थ्रु हुनै सक्दैन भनेको थिएा । यसबाट उहाा अलि पोजेटिभ बन्दै गएको अनुभूति गरेको थिएा मैले ।

सीमा समस्या समाधानबारे हामीले छलफल गर्दा विभिन्न विकल्प, एउटा त बंगलादेश मोडेल हुनसक्छ । अर्को हामीलाई बंगलादेशसम्म सिधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहिँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ ।

सिमानाको समस्या हल गर्नुपर्छ भनेर हामी मात्र भन्थ्यौं जहिले पनि, अहिले भारतले नै भन्यो । यी यस्ता कुरा, जसले नेपालको आर्थिक- राजनीतिक ल्याण्डस्केपमा धेरै परसम्म महत्व राख्छ । त्यसकारण मेरा लागिचाहिँ यो ऐतिहासिक मानेको छु । हिस्टोरिकल भयो।

इन्डियन मिडियामा पनि कालापानीको चर्चा भएको कुरा र त्यसमा समाधान गर्नुपर्छ भन्ने स्पिरिटमा अगाडि बढेको कुरा त लेखेकै छन् । हामीले छलफल गर्दा विभिन्न विकल्प, एउटा त बंगलादेश मोडेल भन्ने गरिन्छ । बंगलादेश र भारतको बीचमा पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे । एउटा त्यो मोडेल हुन सक्छ ।

अर्को, हामीलाई बंगलादेशसम्म सिधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहिा म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ ।

हाम्रा विज्ञहरूको सुझाव त्यो आउने गरेकै छ । नेपालमा विज्ञहरूले त्यतापट्टि पाउने हो भने ठिकै छ भन्ने खालको पनि कुरा आएको छ, त्यो पनि हुनसक्छ । अथवा, अर्को केही पनि हुन सक्छ ।

त्यसकारण, विकल्पहरूबारे सोच्न सुरु भयो अब हिजोबाट । विकल्पबारे पनि सोच्न सुरु हुनु नै ब्रेक थ्रु हो । त्यसो भएर त मोदीजी बोल्नुभयो नि त आफैंले । विभिन्न विकल्पहरु आउँदाखेरि यो र्यासनल नै हो, यो समस्या राखिराख्यो भने त नेपाल र भारतको सम्बन्ध कहिल्यै पनि सहज हुने भएन ।

जहिले पनि लिपुलेक, कालापानी भन्यो अनि विभिन्न ढंगले त्यसैमा चैं ऊ गरिराख्ने भयो । त्यसलाई हल गरियो भने इकोनोमिक, कल्चरल अरु त छँदैछ हाम्रो । त्यसकारण हिजोबाट भएको के हो भने विकल्पहरु हुन सक्छ त भन्नेमा गयो क्या ! अथवा त्यहीँ पनि केही गर्न सकिन्छ कि भन्ने पनि छँदैछ फेरि । हिजोबाट बाउन्ड्रीका बारेमा सकारात्मक, एकदम कन्स्ट्रक्टिभ डिबेट सुरु भयो ।

वातावरण झण्डै बिग्रिएको थियो

हामी जुन अपेक्षा र तयारीका साथ आएका थियौं, बीचमा केही जटिलता आउने हो कि भन्याजस्तो पनि भएको थियो आउँदाकै दिन । तर, राम्रो भयो । कुल मिलाएर राम्रो भयो ।

म चौथो पटक प्रधानमन्त्रीको रूपमा भारत आएको हुँ । गएका तीनवटा भिजिट, यद्यपि दोस्रो भिजिट स्टेट भिजिट थियो, राष्ट्रपति भवनमै बसेको थिएँ । तर, अहिले जति मिडियामा कभरेज छ, इण्डियाका मुलधारका टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्स, सबैले जुन महत्वका साथ कभर गरेका छन्, त्यस्तो कहिल्यै नि हुँदैनथ्यो । कुनै प्रधानमन्त्रीको सन्दर्भमा हुँदैनथ्यो । त्यसैले इण्डियाले अहिले अलि धेरै नै महत्व दिएको त प्रष्टै देखियो ।

मलाई त एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुभयो भने एम्बेसीमा मेरो अनुहारमा कुनै ऊ (चमक) थिएन । दबाव भएको जस्तो थियो । यसमा वातावरण सहज बनाउन मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु, ।

अस्ति बेलुकाको स्थिति हिजो बिहानबाट विस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदरावाद हाउसको रिजल्ट आयो । एमओयू भयो, एग्रिमेन्ट भयो । त्यो सबैले मेरो बुझाइमा यो भिजिट धेरै नै महत्वपूर्ण भयो । धेरै राम्रो सुरुवात भयो । ब्रेक थ्रु त्यस अर्थमा भयो । अहिले नै सबै चिज भइहाल्यो भनेर त होइन । तर धेरै ठूलो कुराको सुरुवात चाहिा यो भिजिटबाट भयो ।

हामीलाई पनि अहिले नेपालको राष्ट्रिय इन्ट्रेस्टको निम्ति दुई देशको सम्बन्ध बलियो बनाउने र आर्थिक गतिविधिलाई चलायमान गर्ने ऐतिहासिक आवश्यकता छ । हामीले यहाँ ब्रेक थ्रु नगरिकन उहाा ब्रेक थ्रु हुँदैन । त्यसकारण धेरै मिहिनेत गरियो । अहिले धेरै किसिमले, धेरै सहमति पनि भएको र एउटा ब्रेक थ्रु नै भन्छु मैले ।

पावर ट्रेडमा ‘ब्रेक थ्रु’ भयो

हामीले पहिलेदेखि सबभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार हो । दीर्घकालीन विद्युत व्यापार सम्झौता हुन्छ कि हुादैन भन्ने थियो । आर्थिक क्षेत्रमा नेपाल समृद्धिको दिशामा जाने भनेको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने कुरा हो । त्यो भनेको वास्तवमा पावर ट्रेड नै थियो । समस्या पनि त्यहीँ थियो । अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो ।

बंगलादेश, नेपाल र भारतको बीचमा अलग-अलग समझदारी भइ नै सक्यो । बंगलादेश-नेपाल, बंगलादेश-भारत र भारत-नेपालको बीचमा । अब त्रिपक्षीय, त्यही स्तरमा सहमति भएको छ र त्यो पनि ठूलो कुरो भन्ने प्रष्टै महसुस गर्न सकिने कुरा हो ।

हवाई रुटमा सानो ‘ब्रेक थ्रु’

एयर रुटको कुरा हाम्रा लागि अलि बढी महत्वको थियो । एयर रुटमा लो अल्टिच्युडको नेपालगञ्जमा दिने त सहमति भयो नै । तर, हामीलाई हाई अल्टिच्युड नै चाहिन्छ, महेन्द्रनगरबाट हुँदाखेरि सबैभन्दा राम्रो हुन्छ भनेर मैले कुरा राखेको छु र उनीहरूले त्यसमा हामी पोजेटिभ छौं भनेको हुनाले त्यतापट्टि पनि एउटा सानो भए पनि ब्रेक थ्रु नै भयो ।

हाइड्रोजन इनर्जीतिर मोदीको चासो

मुख्यचाहिँ जलस्रोत र विद्युत व्यापार नै हो । उहााको अलि बढी ध्यानचाहिँ यो क्लिन इनर्जीबाट हाइड्रोजन इनर्जीतिर जानको निम्ति एकदम छिटो विकास गर्नुपर्छ भन्ने इन्ट्रेस्ट थियो । सायद त्यही कारणले उहााले भन्नुभयो- हिमालयको हाइटमा जान्छ ।

हाइड्रोजन इनर्जीको निम्ति क्लिन इनर्जी धेरै महत्वपूर्ण एलिमेन्ट रहेछ । त्यसो भएको हुनाले हामीसँग क्लिन इनर्जी प्रचुर भएको हुनाले र अब त्यसलाई हाइड्रोजन इनर्जीमा ट्रान्सर्फम गर्नका लागि त्यो चाहिने भएको हुनाले हामी दुई देशबीचको सहकार्य त्यसमा दुवैले महसुस गरेको मैले ठानें ।

खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिा नभनौं । बरु उता गएर पछि तपाईहरुसाग कुरा गरौंला । तीनचोटि मेरो वान टु वान भयो उहाँसँग हिजो । छोटो पिरियडमा । पहिले झण्डै २०-२५ मिनेट, पछि पाँच-सात मिनेट, पाँच-सात मिनेट गरेर मिटिङ जसरी भयो, त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो । सायद त्यही कुराकानीबाट कन्भिन्स भएर होला हिमालयको हाइटमा भन्नुभयो । सुपर हिट भन्नुभयो । हिमालयको हाइटमा जान्छ भन्ने उहाालाई एउटा कन्फिडेन्स बनेको देख्छु मैले ।

एउटा लङटर्म पावर एग्रिमेन्ट धेरै वर्षदेखिको हाम्रो चाहना थियो । नेपालीहरूको चाहना थियो, त्यो अहिले भयो । बंगलादेश इण्डिया र नेपालका बीचमा विद्युतका बारेमा एग्रिमेन्ट हुनुपर्छ भन्ने थियो, त्यो भयो । एयर रुट हामीलाई चाहिन्छ भनेका थियौं, इनिसिएसन सुरु भयो अब ।

अरु देशले बनाएको बिजुली पनि भारतले किन्ने बाटो खुल्यो

एउटा कुरा के हो भने नेपालमा हाइड्रो सेक्टरमा ठूलो लगानी गर्नर् कुरा विदेशी कम्पनीहरू डराउने कारण के हो भने मार्केट छैन । नेपालमा त्यो उत्पादन गरेर सबै खपत गर्न सक्ने स्थिति हुन्न, भारत लिन तयार छैन, भनेपछि मानिसहरू त्यहाा लगानी गर्न डराउनुको मुख्यकारण त्यो हो । हिजोको घोषणाले अब डर हरायो । अब नेपालमा १० हजार मेगावाटसम्म त १० वर्षमा जाने भयो भारत । भनेपछि, ठूलो स्केलमा लगानी गर्न अब मानिसहरू उत्साहित हुन्छन् र आउाछन् । त्यसअर्थमा त्यसको महत्व अलि रणनीतिक नै छ जस्तो लाग्छ ।

अहिले नै हामीसँग ३ हजार, ३५ सय, ३७ सयसम्म पुग्ने नै छ । अहिले पाइपलाइनमा रहेकालाई तीव्र गतिमा निर्माण कार्य अगाडि बढायो भने १० हजार पुर्‍याउन सकिन्छ । तर, दसै हजार यता बेचिन्छ भन्ने त होइन । मेरो जोड त देशभित्रै खपत बढाउनेलाई प्राथमिकता दिने हो । बेच्नेलाई पनि हो । बेच्ने भन्दा खपत बढाउनेलाई प्राथमिकता दिने ।

तामाकोसीको कुरा गर्दाखेरि या हामीले दुईपक्षीय र मिटिङमा पनि र वान टु वानमा पनि जोड गरेको कुरा, ग्लोबल टेन्डरबाट कसैले ठेक्का प्राप्त गर्‍यो भने त्यसको बिजुली लिन्न भन्न त बिल्कुल मिलेन भनेपछि हिजोबाट त्यो ढोका खुल्यो । लगानी नै कसैले गरेकोमा त उहााहरूको रिजर्भेसन छ भन्ने सिधै नै बुझिएको कुरा छ । तर ग्लोबल टेन्डरबाट प्राप्त गर्‍यो भने त्यसबाट उत्पादित विद्युत नलिने भन्न मिल्दैन । हिजोदेखि खुल्यो त्यो बाटो ।

इपीजीको विषय उठाएर माहोल बिगार्नेतिर लागिएन

नेपालमा हामी सबैले यो विषयलाई अलि बढी गम्भीरतापूर्वक लिएको स्थिति त हो । तर, मलाई के लाग्यो भने यो विषयमा विवाद गरेर सबै काम अड्काएर बस्नुभन्दा फुकाउने काम फुकाउादै जाने र पछि वातावरण बनाएर यो ईपीजी एउटा विन्दुमा गएपछि हुन्छ भन्ने ठान्छु म । अहिले त यो विषय उठ्दै उठेन । उठाएर माहोल बिगार्नेतिर लागिएन । त्यसले माहोल बन्दैन भन्ने बुझियो के । हुने कुरा पनि बिगि्रने गरी किन गर्ने ? राम्रा काम अगाडि बढाउँदै गएपछि यो पनि हुन्छ भन्ने छ मेरो ।

छिर्नलाई छिर्‍यो पञ्चेश्वर

हामी छलफल गर्दै जाादा एउटा यस्तो विन्दुतिर गयौं के । पहिला पञ्चेश्वरको कुरामा, शारदामा प्रयोग भएको पानीको कुरा थियो, महाकाली सन्धिमा तल्लो शारदाको चर्चा पनि छैन। हामी गएर कस्तो अप्ठ्यारोमा परियो भने तल्लो शारदा आइदिने, अहिले प्रयोग भइरहेको पानीको कुरा आउने, त्यसपछि महाकाली सन्धि, पञ्चेश्वर अगाडि नबढ्ने ।

अहिले चाहिँ हामीले यी सबै कुरा छोडेर महाकाली सन्धिलाई नै केन्द्रविन्दु बनाएर पहिला त्यो अनुसार डीपीआर तयार गर्ने । डीपीआर तयार गरेपछि त बनाउने प्रक्रिया स्वतः अगाडि जान्छ । यो बाटोबाट छिरियो क्या अहिले । छिर्नलाई छिर्‍यो पञ्चेश्वर । नेपालमा र पहिला भारत-नेपालको पनि जसरी छलफल भएको थियो त्यो रूपमा छिरेन । नयाा रूपमा चाहिँ यसलाई अगाडि बढाउने भन्ने चाहिँ भयो ।

नागरिकता विधेयकबारे

मैले त धेरै पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भनेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो, मैले बुझ्दाखेरि । धेरैपटक राष्ट्रपतिजीसँग कुरा भएको थियो नि त । म चाहन्थें कि अलि पहिल्यै होस् । मेरो भारत भ्रमणसँग यो नजोडियोस् भन्ने मेरो चाहना स्वतः थियो । तर राष्ट्रपतिजीले गर्दै जाँदा त्यही दिन पार्नुभयो क्या ! पछि त्यो बारे अलिकति डिबेट पनि भयो ।

गोर्खा भर्तीका बारेमा अप्रत्यक्ष कुरा भएको छ, म पछि भनौंला । त्यसका साथै चेक प्वाइन्टहरू, रेल इत्यादि यी सबै पनि पोजेटिभ नै छन् । यसले नेपालको आर्थिक गतिविधिलाई अगाडि बढाउन ठूलो मद्दत गर्छ भन्ने नै लागेको छ । समग्रमा भ्रमणमा सबैको आाखा त परेकै थियो । नेपालमा अलि बढी नेगेटिभतिर जाने भइयो क्या ! बडो विचित्र लाग्छ क्या !