८ बैशाख २०८१, शनिबार

भारत भ्रमणमा रहेका प्रचण्डलाई मोदीले दिए‘कलम’उपहार

a

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलम उपहार दिएका छन् ।

बिहीबार भारतीय प्रधानमन्त्रीको कार्यालयमा मोदीले प्रचण्डलाई कलम उपहार दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मोदीले उपहारस्वरुप दिएको कलमले प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

aa

    सम्बन्धित समाचार...