१५ चैत्र २०८०, बिहीबार

यी हुन् नेपाल र भारतबीच भएका सम्झौताहरु

pm prachanda modi dialouge 1

छिमेकी राष्ट्र भारतको चार दिने औपचारिक भ्रमणमा निस्किएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको टोलीले भारतीय टोलीसँग केही महत्वपूर्ण सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

हैदरावादमा भएको द्धिपक्षीय छलफलपछि नेपाली प्रतिनिधि मण्डल र भारतीय टोलिबीच तल्लो अरुण तथा फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई निर्माण गर्न दिने लगायतका विषयमा समझदारी भएको हो ।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।

शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन्

-सुनौली-भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

-नेपालगञ्ज -रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

-बथनाहा -बिराटनगर कार्गो रेलको उद्घाटन

-अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास

-गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

– सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी

-तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट

-फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट

-क्रस बोर्डर पेमेन्ट समझदारी

    सम्बन्धित समाचार...