७ बैशाख २०८१, शुक्रबार

चीन-अमेरिका सम्बन्धको विकास गर्नु भनेको कार चलाउनुजस्तै : चिनियाँ विदेशमन्त्री

usa china

चिनिया स्टेट काउन्सिलर तथा विदेश मन्त्री छिन ग्याङले मंगलबार बेइजिङमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कसँग देशको कार उद्योगको विकास र चीन-अमेरिकाबीचको सम्बन्धबारे छलफल गरेका छन्।

छिनले स्वस्थ, स्थिर र रचनात्मक चीन-अमेरिकाको महत्त्वलाई जोड दिँदै भने, ‘विकासशील चीन-अमेरिका सम्बन्ध भनेको गाडी चलाउनुजस्तै हो। चालकले स्टेयरिङ ह्वीललाई सही दिशामा राख्नुपर्छ, खतराबाट बच्न आवश्यक पर्दा ब्रेकमा पाइला चाल्नुपर्छ र गति लिन कहिलेकाहीँ थ्रटल थिच्नुपर्छ।’

उनले मस्कसँग चीनमा कार उद्योगको विकासबारे पनि छलफल गर्दै चीनले विशाल जनसङ्ख्या, सबैको साझा समृद्धि र मानवता र प्रकृतिबीचको सद्भावको विशेषता रहेको चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाएको बताए। ‘यसले नयाँ-ऊर्जा अटोमोबाइल उद्योगको लागि अभूतपूर्व वृद्धि सम्भावना र बजार माग सिर्जना गर्नेछ,’ छिनले थपे।

उनले टेस्लालगायत विदेशी उद्यमहरूलाई आफ्नो नयाँ ऊर्जा वाहन उद्योगलाई समर्थन गर्न बजारमुखी, कानुनमा आधारित र अन्तर्राष्ट्रिय व्यापार वातावरण उपलब्ध गराउन चीन प्रतिबद्ध रहेको उल्लेख गरे।

यसैबीच, अर्बपतिे मस्कले चिनिया जनता लगनशील र बौद्धिक भएका र चीनको विकास उपलब्धिका लागि योग्य भएको बताए।

कम्पनीले चीनमा व्यापार विस्तार गर्न र चीनको विकासका अवसरहरू बाँडफाँट गर्न जारी राख्नेछ भनी जोड दिए।

    सम्बन्धित समाचार...