७ बैशाख २०८१, शुक्रबार

नेप्सेमा दोहोरो अंकको वृद्धि

Share market

यो साता कारोबार भएको तीनै दिन घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकमा वृद्धि भएको छ ।

बिहीवार सेयर बजार परिसूचांक नेप्सेमा १६.५४ अंकको वृद्धि भएको हो ।
आज नेप्से १६.५४ अंकले वृद्धि हुँदै १८६६.३४ बिन्दुमा पुगेको छ ।

नेप्से बढेको दिन अघिल्लो दिनको तुलनामा कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज ६१ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६५ करोड ४६ लाख बराबरमा किनवेच भएको छ ।

१७१ कम्पनीको मुल्यमा उल्लेख्य वृद्धि भएको दिन आज ३७ कम्पनीको मुल्यमा भने गिरावट आएको छ । त्यस्तै ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।

    सम्बन्धित समाचार...