१५ चैत्र २०८०, बिहीबार

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

ramchandra paudel

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । सरकारले जेठ १२ मा राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् ।

सरकारले संघीय संसद्‌बाट पारित गरे पनि गत असोजदेखि नै राष्ट्रपति कार्यालयमा अलपत्र परेको विधेयक आज (बुधबार) बिहान प्रमाणीकरण गरेका हुन् ।

यसअघि विधेयकलाई कसरी टुंगो लगाउने भनेर राष्ट्रपति पौडेलले कानुनी परामर्शसमेत गरेका थिए । उनले विधेयक प्रमाणीकरण गर्ने आधार र कानुनी अवस्थाबारे कानुनविद्हरुसँग जिज्ञासा राखेका थिए ।

अदालतमा मुद्दा परेपछि तत्कालीन राष्ट्रपति भण्डारीले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर विधेयक यथास्थितिमा राखेको दाबी गरेकी थिइन् ।

नागरिकता विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ ।

कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकताबाट वञ्चित भएको तथ्यांक छ ।RamchandraPaudel 1685514407

    सम्बन्धित समाचार...