१३ बैशाख २०८१, बिहीबार

संघीय संसद्‌अन्तर्गतको सार्वजनिक लेखा समितिमा १२१ उजुरी

sarbajanik lekha samiti

सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् ।

सिंहदरबारमा बुधबार दिउँसो बसेको संघीय संसद्‌अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य (सभापति) अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको जानकारी दिए ।

उनले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने जनाए । समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने उनको भनाइ छ ।

‘१२१ वटा सबै फाइल माननीय सदस्यहरूले पढ्नुस् । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकताअनुसार छलफलका लागि प्रस्ताव गर्नुस् । समितिले उजुरी गर्ने दुवै पक्षलाई राखेर दुवैको भएको के हो भन्ने बारेमा जानकारी लिन्छ,’ उनले भने, ‘कुनै पनि पक्षलाई कुनै रिसिइबीले कसै एकप्रति मात्रै हेर्ने भन्ने हुँदैन । समिति जुनसुकै बेला खेलेर छलफल गर्नसकिन्छ । कसैलाई आग्रह वा पूर्वाग्रह गर्ने भन्ने हुँदैन ।’

उनले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यकता भए छलफल हुनुपर्ने धारणा राखे । उनले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने जनाए ।

    सम्बन्धित समाचार...