
आंशिकदेखि सामान्य बदली भइ आगामी तीन दिन कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका पहाडी भूभागका केही स्थानमा वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको हो ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षा हुने छ । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि (बिहीबार) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।