
सरकारले आव २०८०/०८१ को बजेटमा विभिन्न कार्यक्रमसहित नारा ल्याएको छ ।
स्वदेशमै उत्पादन प्रवर्द्धन गर्न आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमा उत्पादन र रोजगारीको नारा अघि बढाइएको छ ।
यसैगरी उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित गर्ने विषय बजेटमा समेटिएको छ ।
कृषिलाई प्रवर्धन गर्न सरकारले रैथाले बालीको बिउ संरक्षण गरी खेती विस्तार गरिने भन्दै रैथानेमा गर्व गरौं र खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा भन्ने नारा अघि सारेको छ ।
उत्पादनमा टेवा पुर्याउन उत्पादन र रोजगार समृद्धिको आधार भन्ने नारा अघि सारेको छ । यसैगरी कृषि भूमिमा सिँचाइको व्यवस्थाका लागि सिँचाइमा लगानी खेतबारीमा पानी भन्ने नारा अघि सारिएको छ ।
यस्तै वाटर फ्रम द हिमालय भन्दै हिमालको पानीलाई ब्रान्डिङ गरी निर्यात गर्ने योजना बनाइएको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उद्यमशीलता विकास गर्न र रोजगारीका लागि कार्यक्रम सञ्चालन गर्ने भन्दै अबको जीवन स्वदेशमै र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न नेपाल धुमौं नेपाल चिनौं भन्ने नारा अघि सारिएको छ ।