१५ चैत्र २०८०, बिहीबार

हलमा ‘हुक्का’ र ‘टुल्की’

348974323 592925142932966 7584351923338893016 n

फ्राइडे रिलिज अन्तर्गत आज जेठ १२ गते शुक्रवारदेखि दुई भिन्न विशेषता बोकेको मौलिक नेपाली फिल्महरु ‘हुक्का’ तथा ‘टुल्की’ प्रदर्शनमा आएका छन् ।

शम्भू थापाद्वारा निर्देशित ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को कथावस्तु अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित छ भने देवजंग थापाद्वारा निर्देशित ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म हो ।

स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको ‘हुक्का’ मा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक, सन्तोषकुमार आत्रेय आदि कलाकारले अभिनय गरेका छन् ।

‘हुक्का’ प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, युजिन राई र संगीतकार श्रेष्ठको स्वर, सन्तोषकुमार आत्रेयको कथा, लेखक आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

‘टुल्की’ द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्म हो, जसको छायांकन हिमाली जिल्ला डोल्पामा गरिएको छ । यो फिल्मका छायांकार शुसिल अधिकारी तथा नमराज घिमिरे हुन् ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता आरपी कर्माचार्य तथा उजेली लामा हुनु । यो फिल्मको कथा लक्ष्मण सुनारले लेखेलका हुन् भने स्क्रिन प्ले शेखर लामाको छ । फिल्ममा सम्पादन तारा थापा किम्भेको, पाश्र्व संगीत संजिव सुब्बाको, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको छ ।

‘टूल्की’ मा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ । ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

    सम्बन्धित समाचार...