१५ बैशाख २०८१, शनिबार

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता (सूचीसहित)

Kathmandu District Court Building

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरूद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो । ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहितका हाइप्रोफाइल मछिए ।

सो प्रकरणमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उनले सन्देश शर्मा, केशव दुलाल, सानुभण्डारीसमेतको नाम उल्लेख गर्दै जाहेरी दिएका थिए ।

जाहेरीकर्ताको नामावली
गजेन्द्र बुढाथोकी
रामकुमार रेग्मी
रोशन खरेल
गोकुल भट्टराई
सुमन दाहाल
कुमार खड्का
प्रदीप फुँयाल
मिलन श्रेष्ठ
रवीन्द्र कार्की
दिलिप गौतम
खगेन्द्र थेवे
भुवनसिंह लिम्बू
डिलबहादुर कुसारी
डम्बरबहादुर खत्री
पद सिंह खत्री
शाभाराम राना क्षेत्री
सन्दीप वली
शुष्मा चन्द
मनबहादुर खत्री
भेषराज शर्मा
समिर सिवाकोटी
रोशन सिवाकोटी
सन्तोष भट्टराई
प्रेमराज पन्थी
डम्बरबहादुर खत्री
पेम्बा शेर्पा
सुतिना गौतम
प्रितम शर्मा
यमबहादुर परियार

यही जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रमाणहरू जुटाएर अनुसन्धान अघि बढाएको थियो । सोहीअनुसार प्रहरीले १६ जनालाई पक्राउ गर्न सक्यो भने थप १४ जना अझै फरार छन् ।

बुधबार दायर मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक गुरूङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् ।

यस्तै, फरार रहेकाहरू लक्ष्मी महर्जन, अशोक पोखरेल, दीपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापालाई पनि प्रतिवादी बनाइएको छ ।

    सम्बन्धित समाचार...