१३ बैशाख २०८१, बिहीबार

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

Priyanka Chopra

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन् । प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन् ।

पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन् । अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन् ।

प्रियंकाका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो । उनी उद्योगमा नयाँ थिइन् र उनले अन्डरकभर एजेन्टको भूमिका निभाउनु पर्ने थियो । यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरिरहेकी थिइन्, त्यस्तो निर्देशक उनले आजसम्म भेटेकी छैनन् ।

यो फिल्ममा एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो । जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो ।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिइन् । तर निर्देशकले उनलाई उनको अन्डरवेयर हेर्न चाहेको बताएका थिए । ‘तिमीले अन्डरवेयर देखाएनौं भने यो फिल्म हेर्न दर्शक किन आउने ?’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन् । निर्देशकको यो प्रस्ताव पछि प्रियंकाले फिल्म नै छोडिन् ।

    सम्बन्धित समाचार...