७ बैशाख २०८१, शुक्रबार

विशेषाधिकारको माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारको टोली काठमाडौंमा

Prachanda Sudurpaschim

 आर्थिक रूपमा क्षतिपूर्तिसहित विशेषाधिकार दिन र अनुदान कटौती नगर्न माग गर्दै काठमाडौं पुगेको सुदूरपश्चिम प्रदेश सरकारको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहललाई भेटेर प्रदेशको समग्र आर्थिक अवस्था, विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर बजेट माग गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

संघीय सरकारले प्रदेशलाई दिएको चालु आर्थिक वर्षको समानीकरण अनुदानको ५० प्रतिशत रकम कटौती गरेपछि प्रदेश सरकारकातर्फबाट संघ सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको हो ।

टोलीले अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेललाई समेत भेटेको छ ।

टोलीमा मुख्यमन्त्री शाहसँगै सभामुख, प्रदेश सरकारका सबै मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासमेत सहभागी छन् ।SudurpaschimSarkarkamantri1 1684900246

    सम्बन्धित समाचार...