१३ बैशाख २०८१, बिहीबार

एकदिवसीय विश्वकपको ग्लोबल छनोट : नेपाल, जिम्बावे र वेस्टइन्डिज एकै समूहमा

nepal

नेपाल सम्मिलित एकदिवसीय विश्वकपको ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, आयोजक जिम्बावे र वेस्टइन्डिज एकै समूहमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार आफ्नो वेबसाइटमा समूह तालिका सार्वजनिक गरेको हो । जसअनुसार समूह ए मा नेपालसहित घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।

नेपालले आगामी असार ३ मा जिम्बावेसँग खेल्नेछ । यस्तै असार ५ गते दोस्रो खेलमा नेपालले अमेरिका र असार सात गते तेस्रो खेलमा वेस्टइन्डिजसँग खेल्ने तालिका छ । समूहको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई र ओमान छन् । हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा पनि शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्नुका साथै आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आईसीसी एक दिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालले विश्वकप छनोटअघि जेठ ३० गते यूएई र ओमानसँग जेठ ३२ मा वार्मअप खेल खेल्नेछ । प्रशिक्षक मोन्टी देसाईले यसअघि नै रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको प्रारम्भिक टोली घेाषणा गरेका थिए ।

नेपाली टोली नेपालमा एक साता प्रशिक्षण गरेपछि अभ्यासका लागि दक्षिण अफ्रिका जानेछ । नेपाल लिग टुको पछिल्ला १२ मध्य ११ खेलमा पुनरागमन जित दर्ता गरी शीर्ष तीनमा रहँदै विश्वकपको छनोटमा स्थान बनाएको हो । नेपाल एसीसी मेन्स कपको विजेताका रुपमा एसिया कपमा पनि छनोट भइसकेको छ ।

348585357 1286486995587549 1986705870709631136 n

    सम्बन्धित समाचार...