७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आजको मौसम पूर्वानुमान

weather aajko mausam

आंशिक मौसम बदली भइ आज कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुने छ । यसका साथै बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा पनि पानी पर्नेछ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भोलि (मंगलबार) कोशी, वाग्मती, गण्डकी प्रदेशका केही, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

बुधबार पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा क्षणिक वा हल्का वर्षा हुनेछ ।

    सम्बन्धित समाचार...