८ बैशाख २०८१, शनिबार

मुसा भेटियो जनकपुरबाट उड्न लागेको विमानभित्र

Buddha Air

जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।

शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानमा मुसा देखिएको पुष्टि गरे । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको हो ।

काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।

जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप खवासले प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको जानकारी दिए ।

    सम्बन्धित समाचार...