१३ बैशाख २०८१, बिहीबार

यी हुन् बक्सअफिसमा सफल–असफल अभिनेत्री

bollywood actresses

कोभिड महामारीपछि बक्सअफिसमा मुस्किलले केही फिल्ममात्र ब्लकबस्टर साबित भए । यो बक्सअफिस कलेक्सनले विशेषत अभिनेत्रीहरुलाई पहिलो नम्बरदेखि दशौं नम्बरसम्म पुर्‍यायो । यहाँ ती अभिनेत्रीहरुको फिल्म र बक्सअफिस कलेक्सन प्रस्तुत गरिएको छ ।

दीपिका पादुकोण

दीपिका पादुकोण तीन वर्षपछि थिएटरमा रिलिज फिल्म ‘पठान’मा प्रमुख भूमिकामा देखिइन् । फिल्ममा उनको एक्सन र अभिनयले चर्चा पाइरहँदा बिकिनी लुक्सले उत्तिकै चर्चा दिलायो । अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’मा कामूक सिक्रेट एजेन्टको भूमिका दर्शकले मनपराए । यसले बक्सअफिसमा ५ सय ४३ दशमलब ०५ करोडको कमाई गर्दै सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड राख्यो ।

आलिया भट्ट

महामारीपछि रिलिज भएको आलिया भट्टको ‘गंगूबाई काठियावाडी’ कोभिडको तेस्रो लहरपछि पनि थिएटरमा राम्रो कमाई गर्न सफल रह्यो । सञ्जय लीला भन्साली निर्देशित फिल्मले बक्सअफिसमा १ सय २९ दशमलब १० करोड कमाई गर्यो । यसपछि उनको दोस्रो फिल्म ‘ब्रह्मास्त्र–पार्ट १ः शिवा)मा उनी पति रणवीर कपूरका साथ देखिइन् । फिल्मले बक्सअफिसमा राम्रो व्यापारक गर्‍याे । उनी यो वर्ष करण जोहार निर्देशित फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा देखिँदैछिन् ।

श्रद्धा कपुर

श्रद्धाले तीन वर्षपछि ‘तू झूठी मे मक्कार’बाट दमदार कमव्याक गरिन् । फिल्ममा उनको जोडी रणवीर कपूर थिए । फिल्म रिलिज पछि दर्शकले रणवीर र श्रद्धाको क्यामेष्ट्रीलाई निकै मनपराए ।

कटरिना कैफ

महामारीपछि कटरीना कैफको फिल्म ‘सूर्यवंशी’ थिएटरमा रिलिज भयो र बक्सअफिसमा ब्लकबस्टर साबित भयो । फिल्मले बक्सअफिसमा १ सय ९६ करोड कमाई गर्यो । तर उनको दोस्रो फिल्म ‘फोन भूत’ फ्लप साबित भयो । फिल्मले केवल १४ दशमल १ करोड मात्र कमाई गर्यो । कटरीना चाँडै नै सलमान खानका साथ फिल्म ‘टाइगर ३’मा देखिँदैछिन् ।

कियारा आडवाणी

महामारीपछि कियाराको लोकप्रियता कैयौं गुणा बढेको छ । ‘लक्ष्मी’ र ‘शेरशाह’ जस्ता आफ्नो डिजिटल फिल्मको सफतलाका अलावा ‘भूलभुलैया २’ले उनलाई सफलताको नयाँ उचाईमा पुर्‍यायो । यो फिल्मले बक्सअफिसमा १८५ दशमलब ९२ करोडको कारोबारा गर्‍याे । उनको फिल्म ‘जुग जुग जियो’ औषत साबित भयो । यसबाहेक ‘इन्दुकी जवानी’ पूर्ण रुपमा फ्लप भयो । उनको नयाँ फिल्म ‘सत्यप्रेम की कथा’ले बक्सअफिसमा के कस्तो व्यापार गर्ने हो, त्यो भने हेर्नै बाँकी छ ।

मानुषी छिल्लर

मानुषीले अक्षय कुमार स्टारर फिल्म ‘सम्राट पृथ्वीराज’बाट अभिनयको सुरुवात गरिन् । तर यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । यो वर्ष उनको दुई फिल्म रिलिज हुँदैछन् । एउटा ‘तेहरान’ हो भने अर्को ‘द ग्रेट इण्डियन फेमिली’ ।

करिना कपुर खान

करिनाको फिल्म ‘लाल सिंह चड्डा’प्रति ठूलो आशा थियो । किनकी फिल्ममा उनको अपोजिटमा आमिर खान थिए । तर, फिल्मले बक्सअफिसमा केवल ५८ दशमलब ७३ करोड मात्र कमाई गर्यो । उनी चाँडै तब्बू, कृति सेनन, दिलजीत दोसांझ र कपिल शर्माका साथ ‘क्रू’मा देखिँदैछिन् ।

कृति सेनन

कृतिको बक्सअफिसमा खासै राम्रो प्रदर्शन हुन सकेको छैन । उनी अभिनित ‘बच्चन पाण्डे’ले बक्सअफिसमा कमाल देखाउन सकेन । फिल्म ‘शहजादा’ पनि असफल साबित भयो । यद्यपि ‘भेडिया’ले महामारीको समयमा राम्रो प्रदर्शनको रेकर्ड राख्यो । अब उनी फिल्म ‘आदिपुरुष’ र ‘गणपत–पार्ट १’मा देखिँदैछिन् ।

दिशा पाटनी

महामारीपछि दिशाको एक फिल्म ‘एक भिलेन रिटर्नस’मात्र रिलिज भयो । यो फिल्म औसत साबित भयो । उनी आगामी फिल्म ‘योद्धा’मा देखिँदैछिन् ।

ज्याकलिन फर्नान्डिज

महामारीपछि ज्याकलिनका तीन फिल्म ‘अटेक­–पार्ट १’, ‘सर्कस’ र ‘राम सेतु’ रिलिज भए । तर सबै फिल्म बक्सअफिसमा असफल साबित भए ।

    सम्बन्धित समाचार...