१३ बैशाख २०८१, बिहीबार

सर्वोच्चको फैसला पुनरावलोकनमा लैजाने तयारीमा रेशम

resham

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरी सर्वोच्चको फैसला पुनरावलोकनमा जाने तयारीमा रहेका छन् । गत जेठ २ गते सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल ढकालको संयुक्त इजलासले उनको जन्मकैदको फैसला सदर गरेको थियो ।

रेशमका अधिवक्ता भद्रप्रसाद नेपालका अनुसार उक्त फैसला पुनरावलोकनमा जाने तयारी रहेको छ । ‘हामी उक्त फैसलाको पुनरावलोकनमा जाने तयारीमा छौं । यो नै अन्तिम फैसला होइन । न्याय पाइउनेमा ढुंक्क छौं,’– उनले भने ।

यद्यपि, फैसला पछि रेशमले कारागारबाटै विज्ञप्ति जारी गर्दै आफूलाई अदालतको आदेशप्रति सम्मान रहेको, कुनै हरेश नखाएको बताएका थिए । उनको पार्टी नागरिक उन्मुक्तिले भने चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।

नेपालको संविधानको धारा १३३ को उपधारा ४ ले अन्तिम आदेशको पुनरावलोकन गर्ने सकिने अधिकार प्रदान गरेको छ । सोही धारालाई टेकेर रेशमको आदेशमा पुनरावलोकन जान लागिएको हो । प्ुनरावलोकमा जाँदा पहिले मुद्दा हेरेका न्यायाधीशहरुले उक्त मुद्दा हेर्न मिल्दैन ।

    सम्बन्धित समाचार...