१५ बैशाख २०८१, शनिबार

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच बारम्बार किन भेट भइरहेको छ ?

prachanda oli deuba

नक्कली भुटानी शरणार्थी प्रकरणपछि प्रमुख तीन दलका शिर्ष नेता बारम्बार भेट गरिरहेका छन् । पानी बाराबारको अवस्थामा रहेका सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच बारम्बार किन भेट भइरहेको छ त ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दलका उच्च पदस्थ नेताहरु नै पक्राउ परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण र एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित दर्जनबढी अहिले छानविनको दायरामा छन् ।

प्रहरीले उनीहरुमाथि अनुसनधान जारी राख्दा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबिच पटक पटक भेट भइरहेको छ । जुन भेटलाई लिएर अहिले प्रश्नहरु उठिरहेका छन् ।

शीर्ष नेताहरुबीचको भेट भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान प्रभावित गर्न त होइन रु भन्दै आशंका व्यक्त भइरहेका छन् । पक्राउ परेकालाई अदालतमा छिटो मुद्दा पठाउने र थप लहरो तान्न नदिने खेलका रुपमा समेत कतिपयले टिप्पणी गरेका छन् । तर, सत्तारुढ दलका नेताहरु भने शिर्ष नेताहरुबीचको भेट सामान्य रुपमा लिनुपर्ने तर्क गर्छन् ।

भुटानी शरणार्थी प्रकरणमा शिर्ष नेताहरुको स्वार्थ के हुनसक्छ ?
देउवा – विश्वासपात्र खाण मुछिएकाले अरु निकटस्थ पनि पर्लान् कि भन्ने डर
ओली – पार्टी सचिव नै पक्राउ परिसकेकाले शंकाको घेरामा रहेका आफ्नै सचिवालयका अरु पनि तानिएलान् भन्ने त्रास
प्रचण्ड – कांग्रेस र एमालेका उच्च पदस्थ नेताहरु पक्राउ परेकाले कतै दुवै मिलेर सरकार ढाल्देलान् कि भन्ने भय
देउवा, ओली र प्रचण्ड अहिले यही भयका कारण पटक पटक भेटिरहेको कतिपयको आशंका छ । तर, उनीहरुकाबीचमा हुने भइरहेको भेटमा के विषय उठ्छ ? थाहा छैन ।

राष्ट्रिय छवि माथि नै प्रश्न उठाउने गरि भएको नक्कली शरणार्थी प्रकरणको घटना कुनै पनि हालतमा छामछुम पारिनुहुन्न । प्रहरीले अनुसन्धान जारी राख्दा हुने उच्च तहका भेटले कसैगरि पनि अनुसन्धानमा प्रभाव पर्नुहुन्न । शीर्ष नेताहरुको भेट यो प्रकरणमा मुछिएकालाई चोख्याउन नभई उनीहरु निकटले दाबी गरेजस्तो मुद्दा टुंगोमा पुर्‍याउनका लागि होस् ।