११ बैशाख २०८१, मंगलवार

खुकुलो भयो मौद्रिक नीति: के भए नयाँ व्यवस्था ? (पूर्णपाठ)

nepal rb

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समस्यामा परेका व्यवसायीहरुलाई राहत पुग्ने गरी आफ्नो नीतिमा सामान्य संशोधनसमेत गरेको छ ।

त्यसैगरी निर्माण, उत्पादनको क्षेत्र र खुद्रा एवं साना ब्यापार व्यवसायलाई सहुलियतमा ऋण प्रदान गर्ने नीति ल्याएको छ । साथै, होटल तथा निर्माण क्षेत्रमा ऋणको किस्ता एवं ब्याज तिर्ने समयसमेत थपिएको छ ।

व्यापार–व्यवसाय डुबेर बैंकको ब्याज एवं किस्ता तिर्न नसकेकाहरुलाई राहत दिने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति संशोधन गरेको हो । मागमा आएको कमी र उच्च ब्याजका कारण व्यवसायीहरु समस्यामा पर्दै आएका थिए ।

संशोधित नीति अनुसार कर्जा प्रवाह प्रोत्साहन गर्ने गरी निक्षेपमा बैंकहरुले जारी गरेको ऋणपत्र पनि गणना गर्न पाइने म्याद पुससम्म थपिएको छ । त्यस्तै, होटल, रेष्टुँरा र निर्माण क्षेत्रसहित अन्य क्षेत्रमा लिएको ५ करोडसम्मको कर्जाको ब्याज र सावाँको किस्ता तिर्ने म्याद पनि थपिएको छ ।

सरकार र व्यवसायीहरुले मौद्रिक नीति परिमार्जन गर्न र खुकुलो बनाउन राष्ट्र बैंकलाई दबाब दिँदै आएका थिए । सोही मागलाई ध्यान दिँदै राष्ट्र बैंकले ब्याज घटाउन बैंकहरुलाई दिने सापटीको ब्याजदर केही कम गरेको छ । अहिले घटेको १ प्रतिशत ब्याजदरले आगामी दिनमा बैंकहरुलाई कम ब्याजदरमा राष्ट्र बैंकसँग ऋण लिन उत्प्रेरित गर्ने विज्ञहरुको भनाइ छ ।

राष्ट्र बैंकको संशोधित नीतिले अर्थतन्त्र चलायमान बनाउने गभर्नर महाप्रसाद अधिकारीको दाबी छ । चालु पुँजी कर्जामा आगामी असार मसान्तसम्म म्याद थप्ने सुविधा प्रदान गरिने भए पनि राष्ट्र बैंकले सुस्ताएको घरजग्गा र सेयरबजार नै केन्द्रित गरेर भने कुनै सुविधा नदिएको विज्ञको गुनासो छ ।

पूर्ण पाठ :

    सम्बन्धित समाचार...