११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री ‘दाहाल’ र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

rabi prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका बताइएको छ।

‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईँलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भने,‘मैले सडकबाट के के सहयोगगर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’

हालैमात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ ।

    सम्बन्धित समाचार...