२५ बैशाख २०८१, मंगलवार

म्यानचेस्टर सिटीसँग रियाल मड्रिडको बराबरी

real city

युएफा च्याम्पियन्स लिग अन्तर्गत भएको सेमिफाइनल खेलको पहिलो लेगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र रियाल मड्रिड १ – १ गोलको बराबरीमा रोकिएका छन् ।

बर्नाबेउमा भएको खेलमा घरेलु टोली रियालका गोलरक्षक थिबाउट कोर्तुवाले उत्कृष्ट प्रदर्शन गरे । उनले केभिन डि ब्रुयना, रोद्री र अर्लिङ हालान्डको प्रहार रोकेका थिए ।

रियालले पहिलो हाफमा एउटा मात्रै सट अन टागेर्ट राखेको थियो । सोही प्रयासमा भिनिसियस जुनियर गोल गर्न सफल भए । एड्वार्डो कामाभिंगाले निकै उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा भिनिसियसले करिब २५ यार्ड परबाट उत्कृष्ट गोल गरेका हुन् ।

रियालले दोस्रो हाफको खेलमा भने नियन्त्रण लिएको थियो । तर केभिन डि ब्रुयनाले ६७ औँ मिनेटमा सिटीका लागि महत्वपूर्ण गोल गरे । अहुलिया चुयमेनीले लगभग अग्रता दिलाउने मौकाबाट चुके । उनले गरेको प्रहार सिटीका गोलरक्षक इडसर्नले रोकेपछि रियाल पहिलो लेगमा अग्रता बनाउने मौका गुमाउन पुग्यो । अर्को लेग सिटीको घरेलु मैदान इत्तिहादमा बुधबार हुनेछ । विजेता टोलीले इन्टर मिलान अथवा एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित समाचार...