२४ बैशाख २०८२, बुधबार

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता बालुवाटारमा, छलफलको विषय गोप्य

prachanda oli deuwa
फाइल फोटो

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन् ।

नेतात्रयबीचको जारी बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको बताइएपनि भेटवार्ताको मुख्य विषय सार्वजनिक गरिएको छैन । तर, नक्कली शरणार्थी प्रकरणबाट उत्पन्न परिस्थितिबारे छलफल हुन लागेको बालुवाटार स्रोतले जानकारी दियो ।स्रोतले भन्यो, ‘कांग्रेस सभापति र एमाले अध्यक्ष बालुवाटार आउनुभएको छ ।’

यसअघि शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझीको नाम मुछिएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई दुईपटक भेटेका थिए । त्यसलगत्तै कांग्रेस नेता बालकृष्ण खाण, मञ्जु खाण र आरजू देउवाको समेत नाम मुछिएपछि यो प्रकरणले कांग्रेस, एमालेभित्र तरंग उत्पन्न भएको छ ।

एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् भने कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको सम्पर्कमै छन् ।

    सम्बन्धित समाचार...