२४ बैशाख २०८१, सोमबार

आत्माघाती गोलको उपहारसँगै आर्सनलको उपाधि सम्भावना कायमै, शीर्ष चारमा रहने युनाइटेडको सम्भावना झिनो

man

इंग्लिस प्रिमियर लिगमा आर्सनलले उपाधि सम्भावना कायमै राखेको छ । सेन्ट जेम्स पार्कमा न्युक्यासललाई २ – ० गोलले हराउँदै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ ।

घरेलु टोली न्युक्यासलले पहिलो हाफमा पेनाल्टीको मौका पाएको थियो । तर त्यसलाई भिडियो रेफ्रीले मान्यता नदिएपछि अग्रता लिने अवसरबाट न्युक्यासल बञ्चित बनेको थियो । १४ मिनेटमा मार्टिन ओडेगार्डले करिब २५ यार्ड परबाट गोल गरेर मिकेल आर्टेटाको टोलीको खाता खोले । निकै आक्रमक देखिएको आर्सनलका लागि दोस्रो हाफमा बुकायो साका, गाब्रियल मार्टिनेली र ओडेगार्डले गोल गर्ने मौका गुमाएका थिए ।

घरेलु टोलीका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल बाधक बनेका थिए । उनले एलेक्जर इसाक, फाबियन सार र जो विल्लकले गरेका प्रहार राकेका थिए। ७१ औँ मिनेटमा सारले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलको २ – ० गोलले जित सुनिश्चित बनेको हो ।

यो जितपछि दोस्रो स्थानको आर्सनलले ३५ खेलबाट ८१ अंक जोडेको छ । यता एक खेल कम खेलेको सिटी ८२ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग १ – ० गोलले पराजित भएको छ । वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलको २७ औँ मिनेटमा बेनहामाले गरेको फितलो प्रहार युनाइेटडका गोलरक्षक डाभिड डि हिहाले नियन्त्रणमा लिन सकेनन् । उनलाई खेल सकिएपछि युनाइटेडका समर्थकले उपहार गोल दिएकोसमेत आरोप लगाएका थिए । यो पराजयपछि युनाइटेडको शीर्ष चारमै रहने सम्भावना झिनो बनेको छ । युनाइटेडको यो लगातार दोस्रो पराजय हो ।

    सम्बन्धित समाचार...