
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।
देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना छ ।
राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
भोली (मंगलबार) कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तराईका भू-भागका केही स्थानमा सामान्य हावाहुरी चल्ने छ ।
बुधबार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुनेछ भने बाँकी क्षेत्रमा सामान्यत: मौसम सफा रहने छ ।