२५ बैशाख २०८१, मंगलवार

रियल म्याड्रिड ९ बर्ष पछि कोपा डेल रेको च्याम्पियन

real

स्पेनिस महारथी रियाल मड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि उचालेको छ। रियालले स्पेनिस ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई फाइनलमा २ – १ गोलले हराउँदै २० औँ पटक कोपा डेल रे को च्याम्पियन बनेको हो ।

सेभिलस्थित स्तादियो डे ला कार्तुकामा भएको खेलमा खेलमा रियालको जितमा दुवै गोल ब्राजिलियन स्ट्राइकर रोद्रिगोले गरेका हुन् । रियाललाई खेलमा अग्रता लिन एक सय ६ सेकेण्डको समय लागेको थियो । खेलको दोस्रो मिनेटमै रोद्रिगोले गोल गरेका थिए । रोद्रिगोले गरेको यो गोल स्पेनिस कपको फाइनलमा १७ वर्षमा सबैभन्दा छिटो भएको गोल हो ।

लुकास टोरोले २५ हजारभन्दा बढी ओसासुनाका समर्थक अघि ५८ औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । ७० मिनेटमा पुन: रोद्रिगोले गोल गरे । टोनी क्रुसको प्रहार डिफलेक्ट भएपछि उनले गोल गरेका हुन् ।

यो जितले आगामी साता युएफा च्याम्पियन्स लिग अघि रियालको मनोबल उच्च बनेको छ । साथै करिम बेन्जेमाले रियालबाट आफ्नो उपाधि संख्या २५ पुर्‍याएका छन् । यता ओसासुना भने एक सय ३ वर्षपछि उपाधि उचाल्ने संघारमा पुगे पनि सफल हुन सकेन । सन् २००५ पछि पहिलो पटक प्रतियागिताको फाइनमा पुगेको थियो ।

    सम्बन्धित समाचार...