२१ बैशाख २०८१, शुक्रबार

आफ्नै पार्टीका सचिव हराएपछि अध्यक्ष ओली भन्छन् : तपाईंहरु आफैं खोज्नुस् न

oli kp
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कविहिन भएपछि पत्रकारहरुलाई खोज्न चुनौती दिएका छन्।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बाहिर निस्किनेक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पार्टी सचिव रायमाझीलाई खोज्न पत्रकारहरुलाई चुनौती दिएका हुन्।

अध्यक्ष ओलीलाई पत्रकारले सोधेका थिए,‘अस्ति पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र? भन्नुभएको थियो। तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो। कहाँ हुनुहुन्छ उहाँ?’

उनले भने, ‘तपाईंहरूले खोज्नुस् न।’

फेरि पत्रकारले सोधे, ‘तपाईंको त सम्पर्कमा हुनुहुन्छ होला नि?’

उनले भने, ‘मेरो सम्पर्कमा छैनन्।’

पत्रकारले सोधे ‘उहाँ अब कहिले आउनुहुन्छ?’

उनले भने, ‘उहाँलाई नै सोध्नुस् न ।’

पत्रकारले सोधे, ‘तपाईं अभियुक्तलाई जोगाउन लागिरहनुभएको आरोप छ, के भन्नुहुन्छ?’

उनले भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो?’

नक्कली भुटानी शरर्णार्थी प्रकरणमा सचिव रायमाझीमाथि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छभने उनका छोरा सन्दीप रायमाझीलाई बिहीबार प्रहरीले पक्राउगरि थप अनुसन्धानका लागि अदालतबाट बिहीबार नै ३ दिनको म्याद थप गरिसेको छ।

टोपबहादुर भने हालसम्म प्रहरीको फरार सूचीमा रहेका छन्।