१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

Dilli chaudhari

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाको पहिलो अधिवेशनको बिहान ११ बजे बस्ने १० औँ बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

वैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने, विषयगत समितिहरुको गठन, आगामी आर्थिक वर्षको बजेट निमार्ण लगायतका कामहरु तिव्रताका साथ अगाडि बढ्ने मुख्यमन्त्री चौधरीले बताएका छन् ।

चौधरी नेतृत्व सरकारमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी र जनता समाजवादीका सन्तोष पान्डे बिना विभागीय मन्त्री बनेका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते विश्वासको मत नपाएपछि लुम्बिनीमा नयाँ सरकार बनेको हो ।

    सम्बन्धित समाचार...