१३ बैशाख २०८१, बिहीबार

सामुदायिक वन अतिक्रमण गरी बनाइएका झन्डै ५०० घर-टहरा भत्काइयो

tahara

कैलालीका २ सामुदायिक वनको क्षेत्र अतिक्रमण गरी बनाइएका झन्डै ५०० घर तथा टहराहरू डिभिजन वन कार्यालय कैलालीको नेतृत्वमा भत्काइएको छ ।

गोदावरी नगरपालिकामा वडा नम्बर ३ मा पर्ने बडिमालिका र चौकीडाँडा सामुदायिक वनमा बसोबास गरिरहेका झन्डै ५०० परिवारलाई सोमबार हटाइएको हो । लामो समयदेखि यी दुवै वन क्षेत्र अतिक्रमण गरी घर तथा टहरा बनाइएका थिए ।

डिभिजन वन कार्यालयले पटक पटक सूचना निकाली उक्त क्षेत्रबाट हट्न आग्रह गर्दा पनि नमाने पछि आज बल प्रयोग गरेर ती घर एवं टहराहरू हटाएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहित सामुदायिक वनका उपभक्तहरूले संयुक्त रूपमा घर/टहरा भत्काएका हुन् । यस क्रममा प्रतिकार गर्ने केही व्यक्तिलाई भने सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

कैलाली जिल्लामा २ लाख ५ हजार ९०० हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये २२ हजार हेक्टर भन्दा बढी वन क्षेत्र सुकुम्वासीका नाममा लामो समयदेखि अतिक्रमित छ ।

    सम्बन्धित समाचार...