
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फेरि अनिश्चित बनेको छ । यसअघि वैशाखको दोस्रो साता भ्रमण हुने बताएका प्रधानमन्त्रीका सल्लाहकारले मिति निश्चित नभएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले यसअघि वैशाखको दोस्रो सातासम्म प्रधानमन्त्रीको भारत हुने बताएका थिए । अब मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि प्रधानमन्त्री भारत जाने गजुरेलको भनाइ छ ।
उपनिर्वाचन सकिएकाले अब कांग्रेस र जसपाबाट मन्त्रीहरुको नाम आउनेबितिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने गजुरेलको दाबी छ ।