२ जेष्ठ २०८१, बुधबार

अढाई वर्षपछि वामदेवविरुद्धको मुद्दाको सुनुवाई, बहस नोट मगाउने आदेश

Bamdev Gautam 1

सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्ध परेको निवेदनमा सुनुवाइ सकेको छ । आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइपछि बहस नोट मगाउने आदेश भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासले बहस नोट मगाउने आदेश दिएको हो।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित गौतमलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। जुन संविधानको विपरित थियो ।

गौतमलाई संविधानविपरित मनोनित गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले सर्वोच्चमा निवेदन दिएका थिए ।

    सम्बन्धित समाचार...