३ जेष्ठ २०८१, बिहीबार

‘भ्रम’ फैलाउने फ्लाई दुवईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक

fly dubai 1

नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।

फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ ।

सामाजिक सञ्जालमार्फत् प्राधिकरणले यस्तो जनाएको छ । काठमाडौंबाट दुवईका लागि सोमबार बेलुका उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फै लागेको थियो ।

काठमाडौंबाट सोमबार बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो । काठमाडौंका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार जहाज उड्नासाथ समस्या आएको भन्दै अवतरणको अनुमति मागिएको थियो । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

“उड्नासाथ जहाजमा समस्या आयो भनेर खबर आयो,” निरौलाले बाह्रखरीसँग भने, “उड्नासाथ समस्या आयो भनेर केहीबेर रोक्यो । त्यसबेला आगो देखिएको कुरा आयो । केहीबेर होल्ड गरेपछि आफ्ना सबै प्यारामिटर चेक गरेर नर्मल देखियो भन्दै जहाज गन्तव्यतर्फ नै गयो ।”

अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।

    सम्बन्धित समाचार...