१५ चैत्र २०८०, बिहीबार

‘महानायक’ विवाद आफै तन्काउँदै दीपकराज गिरी

deepakraj giri 1

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल पनि महानायक हुन् र’ भनेर प्रश्न सोधेपछि सुरु भएको ‘महानायक’ विवाद अझै रोकिएको छैन । यो बिषयमा नायक राजेश हमालले एक पटक मात्र जवाफ दिएका छन् । तर, यो बिषयमा दीपाश्री निरौला र उनको टिमले नै बारम्बार कुरा गरेर तन्काइरहेको छ । 

यो बिबाद सुरु भएपछि दीपाश्री निरौलाका नजिकका साथी दीपकराज गिरी आफैले लाइभमा आएर आफ्नो बिचार राखे । यसपछि, यो बिषयमा दीपक र दीपाले नै बारम्बार जवाफ दिइरहेका छन् । 

यो  बिबाद भएको ३ बर्ष भैसक्दा पनि दीपक र दीपाले नै यसलाई तन्काएको देखिन्छ । दीपकराज गिरीले पछिल्लो समय दिएको एक अन्तरवार्तामा पनि यो बिषयलाई उठाएका छन् । 
एकातिर दीपक र उनको टिम ‘महानायक’ बिबाद सकियोस् भन्ने चाहन्छ भने अर्कोतिर, उनीहरु आफैले यो बिषयलाई तन्काइरहेका छन् । 

दीपकराज गिरीले बाम्बार यो बिषयमा कुरा गर्न खोज्नुले पनि उनीहरु यो बिबाद रोकिनु भन्दा चलिरहेको राम्रो ठानिरहेका छन् कि भन्ने प्रश्न उठेको छ । फिल्म ‘छक्का पन्जा ४’ले सुखद व्यापार गरेपछि हौसिएका दीपकराज गिरी यसपटक मिडियाबाट टाढा भए ।

तर, केही मिडियामा पुगेर उनले ‘महानायक’को बिषयमा स्पष्टिकरण दिइरहेका छन् । आखिर, सकिएको कुरालाई दीपकराज र उनको टिमले कहिलेसम्म स्पष्टिकरण दिएर तन्काइराख्ने हो, यो उनीहरुले नै जान्ने कुरा भयो । 

    सम्बन्धित समाचार...