१३ बैशाख २०८१, बिहीबार

आँचलको आरोप – मिडियाले कन्ट्रोभर्सी बनाइदिए

aanchal sharma

नेपाली फिल्मका कलाकार भविष्यलाई नसम्झी वर्तमानमा नै बोल्छन् । तर त्यो बोलीले आफ्नो करियर र व्यक्तिगत जीवनमा कस्तो असर पारेको छ भन्ने चाहिँ भेउ पाउन उनीहरूलाई राम्रै समय लाग्छ । क्यामरा र बुम आफ्ना अगाडि तेर्सिएपछि बोल्न हौसिने र सामाजिक सञ्जालमा मनका कुरा लेख्ने भन्दा अर्को कलाकारको बारेमा टिप्पणी गर्दाको तनावले उनीहरू आफू चिप्लिसकेको थाहा नै पाउँदैनन् ।

जो आफ्नो बोलीबाट आलोचित हुन्छन् अनि मात्र गल्ती थाहा पाउँछन् । तर त्यो समयावधि बितिसकेको हुन्छ । केही समय अघि अभिनेत्री आँचल शर्मा आफूले बोलेको कुराले आलोचना भोग्न बाध्य थिइन् ।

आँचलले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सिपोरा गुरुङको गोपनीयताको ख्याल नराखेको भन्दै आलोचना भएको थियो । तर, उनै आँचलले हालै दिएको एक अन्तर्वार्तामा कन्ट्रोभर्सी आफूले बोलेका कुरा भन्दा पनि बढी मिडियाकर्मीले नै बनाइदिएको आरोप लगाएकी छन् ।

आँचलले भनेकी छिन् ‘कन्ट्रोभर्सी भन्ने कुरा मलाई के लाग्छ भने यो मैले बनाउने चिजै होइन । मैले बोलेका चिजहरू अरूले नै खण्डन गरिदिएर नै कन्ट्रोभर्सी निकाल्दिने हो, अरूले खण्डन गरिदिएपछि त्यसलाई कन्ट्रोभर्सी भन्छन् । कसैलाई मन पर्छ कसैलाई मन पर्दैन र मलाई यस्तो लाग्छ दर्शकसम्म पुग्ने माध्यम मिडिया नै हो । मेरो कुरा मिडियाकर्मीलाई मन पर्दैन र नै उहाँहरूले मेरा विरुद्ध समाचार बनाइदिनुहुन्छ ।’

उनले आफू दर्शकसँग नपुगेका कारण त्यो विवादको श्रेय मिडियालाई नै जाने दाबी गरेकी छन् । ‘यो आँचलले बोलेको र यो कन्ट्रोभर्सी बनाउने विषय हो, यसलाई कन्ट्रोभर्सी बनाइदिऊँ भनेर सबै गर्ने काम मिडियाले नै हो ।’

    सम्बन्धित समाचार...