३ जेष्ठ २०८१, बिहीबार

स्वर्णिम वाग्ले र रवि लामिछानेहरु नक्कली सुन जस्तै हुन्, हराएमा डर छैन

mahes

नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सो पार्टीका उम्मेद्‍वार स्वर्णिम वाग्लेहरु नक्कली सुनभन्दा कम नभएको तर हराएमा डर नभएको बताएका छन्।

बुधबार तनहुँ-१ को चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले रास्वपाका सभापति लामिछाने र उम्मेद्‍वार वाग्लेहरु नक्कली सुनभन्दा कम नभएको तर हराएमा डर नभएको बताएका छन्।

उनले भने, ‘अहिले बजारतिर सुन पसल जस्तै देखिने एउटा पसल हुन्छ। अनि त्यहाँ लेख्या हुन्छ सुन भन्दा कम छैन हराएमा डर छैन। स्वर्णिम वाग्ले र रवि लामिछानेहरु त्यहीँ पसलका सुन हुन्। सुनभन्दा कम छैन हराएमा डर छैन। देख्दा सुन जस्तो देखिन्छन्, दुई चोटी लगाएपछि लुगा धोएपछि सकियो। त्यही भएर सुनभन्दा कम छैन हराएमा डर छैनलाई बाईबाई गर्ने हो। ओरजिनल सुन छान्ने हो। त्यो ओरजिनल सुन भनेको नेकपा (एमाले) हो।’

    सम्बन्धित समाचार...