२४ बैशाख २०८१, सोमबार

प्रधानन्यायाधीश नियुक्ति गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

sambaidhanik

प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक चलिरहेकाे छ ।

बैठकमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

जारी संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ। प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो ।

    सम्बन्धित समाचार...