२४ बैशाख २०८१, सोमबार

व्यवसायीलाई पोस्दै सरकार

sahari bikas

अपार्टमेन्ट तथा व्यापारिक भवन निर्माण गर्दा व्यवसायीहरूलाई फाइदा पुग्ने गरी सरकारले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ परिमार्जन गरेको छ। परिमार्जित मापदण्डमा १७ मिटरभन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेटब्याक (सँधियारतर्फ छाड्नुपर्ने जग्गाको क्षेत्रफल) घटाइएको छ। जसले गर्दा कम फराकिलो जग्गामा पनि अग्लो भवन निर्माण गर्न सकिने भएको छ।

नयाँ मापदण्डअनुसार अपार्टमेन्ट निर्माण गर्दा छिमेकीहरूको घर चर्कने, फराकिलो जग्गा घट्ने तथा बहुतले भवन जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ। यही कारण केही दिनअघि ललितपुरको समिट अपार्टमेन्ट बनाउँदा छिमेकीहरूको घर चर्किएको सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरूको भनाइ छ।

यसैगरी बागबजारमा होटल सञ्चालनका लागि १२ तले भवन निर्माण गर्न लाग्दा वरिपरिका घर चर्किएका छन्। ‘परिमार्जन गरिएको मापदण्ड खारेज नगर्ने हो भने अबदेखि अपार्टमेन्ट तथा अग्लाअग्ला भवन बनाउँदा छिमेकीहरूका घर सुरक्षित हुनेछैनन्,’ मन्त्रालयका एक सहसचिवले भने, ‘भूकम्प गयो भने धनजनको ठुलो नोक्सानी बेहोर्नुपर्छ।’

२०७२ सालमा भूकम्प आएपछि खाली जग्गा राख्न तथा भवन सुरक्षित बनाउन सरकारले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ ल्याएको थियो। उक्त मापदण्डअनुसार सय मिटरसम्मका अग्ला भवन निर्माण गर्दा २५ मिटर सेटब्याक छाड्नुपर्ने व्यवस्था कायम थियो तर परिमार्जन गरिएको मापदण्डअनुसार अब १२ मिटर मात्र सेटब्याक राखे पुग्छ।

पुरानो मापदण्डको ‘घ’मा भनिएको थियो, ‘१७ मिटरभन्दा अग्ला जुनसुकै भवनहरूको उचाइ र सँधियारतर्फको सेटब्याक अनुपात ४।१ हुने गरी तर न्यूनतम सेटब्याक पाँच मिटरभन्दा कम नहुने गरी स्वीकृति दिइनेछ।’यो भनेको प्रत्येक चार तला बराबरको भवन बनाउँदा एक तला बराबरको जग्गा खाली राख्नुपर्नेछ। यसैगरी आठ तला बनाउँदा दुई तलाबराबरको जग्गा खाली राख्नुपर्नेछ। यही अनुपातमा जग्गा खाली राख्नुपर्ने व्यवस्था थियो।

नयाँ मापदण्डअनुसार अपार्टमेन्ट निर्माण गर्दा छिमेकीहरूको घर चर्कने, फराकिलो जग्गा घट्ने तथा बहुतले भवन जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ। यही कारण केही दिनअघि ललितपुरको समिट अपार्टमेन्ट बनाउँदा छिमेकीहरूको घर चर्किएको सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरूको भनाइ छ। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...