१२ बैशाख २०८१, बुधबार

तातोपानी नाका पूर्ण रुपमा खुलाउन नेपाल र चीनका सरकारी अधिकारीबीच छलफल

कोदारी सुरक्षा मिटिङको फोटो

नाका खुलाउने तथा सीमा सुरक्षा सम्बन्धमा चीन र नेपाल तर्फको सम्बन्धित सुरक्षा निकायहरु बीच  द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

उत्तरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन नेपाल र चीनका सरकारी अधिकारीबीच छलफल  भएको हो  ।

सोमबार नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधि र मित्र राष्ट्र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिहरु बीच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सीमा सुरक्षा सम्बन्धी काउन्टर भाग बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

1 4

नेपाल–चीनको बोर्डरमा नेपाल र चीनका सरकारी अधिकारीबीच भएको छलफलमा १८ वैशाखबाट नाका सुचारु गर्ने,  सीमा सुरक्षा, तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिएको यादवले जानकारी दिनुभयो । दुवै देशबिच कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने , अन्तर्देशीय सिमाना सुरक्षा व्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदनशील रही आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको व्यवस्था मिलाउने, सीमा सुरक्षा सम्बन्धी सम्पुर्ण सूचना तत्कालै आदान प्रदान गर्ने, विगतमा भए जस्तै आगामी दिनहरूमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदनशील रही सुरक्षा व्यवस्थालाई मजबुद बनाउने लगायत गतिविधि तथा मौखिक निर्णयहरू भएको यादवले जानकारी दिनुभयो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।

    सम्बन्धित समाचार...