१२ बैशाख २०८१, बुधबार

शो नपाएपछि चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माताको घोषणा

bulaki

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलाकीलाई निर्माण टिमले हलबाट निकाल्ने घोषणा गरेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि घेराबन्दीमा पारेर निर्माता डुबाउने खेल गरिएको भन्दै फिल्मलाई हलबाट निकाल्ने निर्णय गरिएको कलाकार तथा निर्माता विराज विष्टले जनाएका छन् ।

उनका अनुसार आइतबारदेखि नै फिल्मलाई हलबाट फिर्ता लिने निर्णय निर्माण पक्षले गरेको छ । उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन् ।

दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यवसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेसनमा १ शो पनि उपलब्ध नगराएको, प्रायः सबै शो बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन् ।

उनले अब फिल्मलाई हलबाट निकालेर प्रोजेक्टरबाट चोकचौतारामा देखाउने घोषणा गरेका छन् ।

“ अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने छौँ,” उनले भनेका छन्, “यसैपनि काठमाडौँले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौँ रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यबहार दोहोर्‍याएको छ ।”

    सम्बन्धित समाचार...