५ जेष्ठ २०८१, शनिबार

हल्का वर्षाको सम्भावना पहाडी भू-भागको केही क्षेत्रमा, तराईमा हावाहुरी

weather aajko mausam

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यत: मौसम सफा रहने छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुने पूर्वानुमान छ ।

महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले बिहान वाग्मती र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य मौसम बदली छ ।

भोलि सोमबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। महाशाखाकाअनुसार तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

मंगलबार आंशिकदेखि सामान्यतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको वर्षाको सम्भावना छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...