८ जेष्ठ २०८१, मंगलवार

कांग्रेस महामन्त्री शर्माले ‘देवर बाबु’ को पोस्टर सेयर गरेपछि…

a 1

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आलोचना र व्यङ्ग्य गर्ने अधिकार लोकतन्त्रमा सबैलाई रहेको बताएका छन् ।

नयाँ वर्षको शुभकामना दिँदै उनले पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ आरजु राणा बीचमा र दायाबाँया कांग्रेस महामन्त्रीद्वय शर्मा र गगन थापा भएको पोस्टर सेयर गरेका हुन् । उक्त पोस्टरमा ‘देवर बाबु’ नेपाली कथानक चलचित्र लेखिएको छ ।

‘व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ । यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न । तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् । नववर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैव स्वागतको प्रतिबद्धता !’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

आरजु राणाले नेपाली कांग्रेसको राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरेको आरोप लाग्ने गर्छ ।

    सम्बन्धित समाचार...