१६ चैत्र २०८०, शुक्रबार

उपत्यकासहित देशै भर वर्षा, बाढी-पहिरोको खतराबाट सतर्क रहन विभागको आग्रह

93863586 608758429710510 5722530574543880192 n

नेपालमा देशभर मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकालगायत देशका धेरै भूभागमा गए रातिदेखि नै पानी पर्ने क्रम जारी छ ।

प्रदेश नम्बर एक देखि पाँच सम्मका अधिकांस स्थानको मौसम बदली भई पानी परिरहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । हाल प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन देशभर सक्रिय भएका कारण आज पनि धेरै स्थानमा भारी बर्षाको सम्भावना रहेको जानकारी दिएको छ । भारी बर्षाका कारण बाढी–पहिरो जानसक्ने हुँदा सचेत हुन पनि मौसमविदले सुझाव दिएका छन् ।

महाशाखाकी मौसमबीद् शान्ति कंडेलले मनसुनी गतिविधी सक्रिय भएका कारण यी स्थानहरुमा दिउँसैसम्म पानी पर्ने बताइन्। केही ठाउँमा भारी वर्षा हुने भन्दै उनले सतर्क रहन आग्रह गरेकी छन्। त्यस्तै सुदूरपश्चिम र पश्चिमी भेगको मौसम पनि विहानैदेखी बदली भएको उनको भनाइ छ।

पश्चिमी क्षेत्रमा पश्चिमी बायु पनि सक्रिय रहेको मौसमबीद् कंडेलले जानकारी दिइन्। काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ। उपत्यकामा बेलुकासम्मै पानी पर्ने उनको भनाइ छ। पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा २३ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको छ।

जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने जनाइएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

2 6 768x660 1

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, र बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।