६ बैशाख २०८१, बिहीबार

‘प्रसाद २’ बैशाख १५ बाट रिलिज हुने

prasad 2 new

चैत्र २४ गते उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको फिल्म ‘प्रसाद २’को प्रदर्शन अब नयाँ मितिमा हुने भएको छ । यो फिल्मको निर्माणपक्षले फिल्मलाई आउँदो बर्षको बैशाख १५ गते रिलिज गर्ने पक्का भएको छ । उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो ।

अब, यो फिल्मलाई बैशाखको १५ गतेबाट देश र विदेशमा रिलिज गर्ने निर्देशक सुदर्शन थापाले बताएका छन् ।

यो फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मप्रति दर्शकको उच्च चासो छ । एक हल संचालकका अनुसार, दर्शकले ‘प्रसाद २’को बुकिङ कहिले खुल्छ भन्दै फोन गरिरहेका छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन् । यसैले, पनि नयाँ मितिमा पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । सुशिल पौडेलले यो फिल्मको कथा लेखेका हुन् ।

    सम्बन्धित समाचार...